काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन तोकिएको समयमै हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।

पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नेकपालाई देशको प्रमुख राजनीतिक शक्ति बनाउन अब कसैले रोक्न नसक्ने दाबी गरे।

उनले भने, ‘निर्वाचन निर्धारित समयमा नै हुनुपर्छ। त्यसका लागि निर्वाचनको वातावरण निर्माण गर्न हामी देशव्यापी अभियानमा निस्कँदैछौँ। नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन।’

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com