काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई ‘जोगी’ भनेर व्यङ्ग गर्ने प्रवृत्तिलाई प्रत्युत्तर दिँदै ओली सक्षम र सबल राजनीतिक शक्तिको नेतृत्वकर्ता भएको टिप्पणी गरेका छन्।

गुण्डुमा निर्माणाधीन आवासलाई लिएर गरिएको व्यङ्ग्यलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘केपी ओली जोगी होइनन्, उनी नेपालकै ठूलो र सक्षम राजनीतिक शक्तिको अध्यक्ष हुन्। केपी ओलीका लागि दुई–तीन कोठे कुटी बन्ने हो भन्ने कुरा ‘अपेक्षा’का रूपमा अव्यवहारिक छ र ‘व्यङ्ग’का रूपमा हेर्दा व्यङ्ग्य गर्नेहरूको घर–परिवार र जीवनशैली सबैले देखेकै छ।’

बस्नेतका अनुसार यस विषयमा अनावश्यक चर्चा वा विवाद आवश्यक छैन। उनले थपे, ‘अध्यक्षको आवास उहाँको जनसम्पर्क, पार्टीको प्रभाव र दायित्वअनुसार नै बन्नेछ। यो घर सीमित समर्थक तथा शुभचिन्तकको सहयोगमा निर्माण हुनेछ, जहाँ गुण्डु तथा भक्तपुरवासीको विशेष योगदान हुनेछ। ‘कुटी’, ‘भानुस’ वा ‘आश्रम’ नाम त केवल संबोधन मात्र हुन्।’

बस्नेतले राष्ट्रियता, विकास, समृद्धि र भत्किएको देशको पुनर्निर्माणका कामहरू ओलीले चाहिँ जहाँ बसेर पनि, आवश्यक परे ‘कुटी’बाटै पनि, सम्पन्न गर्ने क्षमता राख्ने बताएका छन्।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com