काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टीको महाधिवेशन लक्षित गर्दै सरकारले नागढुंगादेखि पिप्लामोडसम्मको सडक बन्द गरेजस्तो देखिने निर्णय गरेको आरोप लगाएका छन्।

उनका अनुसार मंसिर २४ देखि पुस १ गतेसम्म पोखरेभिर क्षेत्रको साँघुरो तथा जोखिमपूर्ण खण्ड चौडाइ गर्ने नाममा बिहान १०:३० देखि दिउँसो ३:३० सम्म यातायात बन्द गर्ने निर्णय राजनीतिक उद्देश्यले गरिएको हो।

बस्नेतले मंसिर २७–२९ मा हुने एमाले महाधिवेशन प्रभावित पार्ने हेतुले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको संलग्नतामा यो कदम चालिएको दाबी गरेका छन्।

उनले निर्णय तत्काल फिर्ता गरी काम पहिलो हप्तादेखि सुरु गर्न सुझाव दिंदै, यसले सरकार र मन्त्री घिसिङ दुवैको हित हुने बताएका छन्।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com