काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाम रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा औपचारिक रूपमा सिफारिस गरिएको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिले थापासहित पाँच जनाको नाम उम्मेदवारीका लागि केन्द्रमा पठाएको हो।

सिफारिस सूचीमा महामन्त्री थापासँगै लुम्बिनी प्रदेश कांग्रेस सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम समावेश गरिएको छ।

यसअघि महामन्त्री थापा निरन्तर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदै आएका छन्। उनले फागुन २१ मा हुने निर्वाचनमा पनि काठमाडौं ४ बाटै उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका थिए।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com