काठमाडौं । मधेस प्रदेशमा भर्खरै नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग खुसी बाँडेका छन्। मुख्यमन्त्री नियुक्त भएपछि काठमाडौं पुगेका यादव मंगलबार सभापति देउवाको महाराजगञ्जस्थित भाडाको निवास पुगेर खुसी साँटेका हुन्।

सो क्रममा मुख्यमन्त्री यादवले सभापति देउवालाई मिठाई खुवाए। त्यसको तस्बिर अहिले सामाजिक सञ्जालमा छाएको छ।

मधेसको राजनीतिमा पहिलो पटक कांग्रेसले मुख्यमन्त्री पाएको हो। कांग्रेस संसदीय दलका नेता यादव लामो समयदेखि मुख्यमन्त्री बन्ने प्रयासमा थिए। उनी देउवानिकट नेताका रूपमा चिनिन्छन्।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com