काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि वीहीबार छापावाला सुनकाे मुल्य २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीकाे मुल्य पनि बढेकाे छ । वीहीबार ३ हजार ८०५ रुपैयाँमा काराेबार भएकाे चाँदी शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया