काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित सामाजिक जबाफदेहिता : मिडिया र युवा संवादमा मन्त्री खरेलले वर्षौवर्ष एउटै व्यक्तिले राजनीतिक दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित नहुने भन्दै अव युवाहरूलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका हुन् ।

advertisement

विगतदेखि दलहरूमा एउटै व्यक्ति हाबी हुने र युवालाई निषेध गर्ने प्रवृत्ति अन्त्यका लागि युवाहरूले आवाज उठाउनुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले मागेर आफ्ना माग पुरा नभए खोसेर लिनुपर्ने धारणा राखे ।

उनले अहिले भइरहेका राजनीतिक दलहरूका शीर्ष नेताको उमेर समूह, अनुभव, राजनीतिमा ओगटेको ठाउँ र युवाहरूलाई अगाडी बढ्न नदिएको यथार्थ भुल्न नमिल्ने बताए ।

अहिलेका युवाहरू कुनै वादको बन्धक बनेर नबस्ने उनले बताए । उनले नेपाली राजनीतिमा युवाहरूको जबरजस्त उपस्थिति हुनेवाला रहेको भन्दै कसैले रोक्न नसक्ने जिकिर गरे ।

मन्त्री खरेलले यस पटक मुलुकको परिवर्तनका लागि जेन-जीहरुले निस्वार्थ रुपमा आन्दोलन गरेको बताए ।

 

 

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com