काठमाडौँ । नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको आईएमइ समूहद्वारा सञ्चालित आइजीआई पुडेन्सियल इन्स्योरेन्सका संचालक राजेन्द्र सिंह भण्डारीलाई मन्त्री बनाउन लागिएको छ।
प्रधानमन्त्री शुशिला कार्कीले इन्स्योरेन्सका बोर्ड सदस्य भण्डारीसहित अन्य ३ जनालाई आज मन्त्री बनाउन लागेकी हुन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार आज दिउँसो ३ बजे भण्डारीसहितले मन्त्रीका रूपमा शपथ लिँदैछ्न्।
उनीहरुलाई कार्की नेतृत्वको सरकारमा मन्त्री पदमा सहभागी गराउने तयारी पूरा भएको छ। मन्त्री परिषद् विस्तारका विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच आज बिहान भएको छलफलपछि शपथको समय निश्चित गरिएको हो।
भण्डारी व्यापारी चन्द्र ढकाल निकट छन् । उनी ढकाल समूहको आईजीआई पुडेन्सियल बीमा कम्पनीसँग जोडिएका व्यक्ति हुन्। ढकालकै जोडबलमा भण्डारीलाई मन्त्री बनाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
आइजीआई पुडेन्सियलका संचालक रहँदै आएका उनी भागवन्डा मिलाइ सरकार बनाउने नितिअनुसार आईएमइ समूहबाट उनलाई बनाउन लागिएको स्रोत बताउँछ।
कार्की सरकार पुनः बिस्तारसँगै सत्तापक्षभित्र शक्ति सन्तुलन, भागबण्डा र व्यवस्थापनका विषयमा मन्त्रीहरु चुनिएको चर्चा चुलिएको छ।
स्वार्थ बाझिने गरी कुनै एक व्यापारीक समूहको दवावमा व्यापारीक घरानाकै व्यक्तिलाई मन्त्री बनाउने प्रधानमन्त्रीको निर्णय गलत भएको भन्दै सपथ लिनु अगावै भण्डारीसँगै प्रधानमन्त्री कार्कीको समेत सामाजिक संजालमा व्यापक आलोचना सुरु भएको छ ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया