काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि दुई क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी छन्।
उनी कैलाली–५ र बर्दिया–२ बाट उम्मेदवार सिफारिस भएकी हुन्। कैलाली–५ मा उनीसहित चार जनाको नाम सिफारिस गरिएको छ भने बर्दिया–२ मा उनीसहित कुल १० जनाको नाम सिफारिस गरिएको छ।
बर्दिया–२ मा सहमहामन्त्री किशोरसिंह राठौरको नाम पहिलो नम्बरमा सिफारिस भए पनि आरजुको नाम दोस्रो नम्बरमा परेको छ।
आरजु राणा देउवा कैलाली–५ बाट चुनाव लड्ने तयारीमा छिन्। उनले २०७४ सालमा पनि यही क्षेत्रबाट चुनाव लडेकी थिइन्।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया