काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त चार मन्त्रीले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिए।
शपथ लिनेमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै मन्त्रिपरिषद् सदस्यमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार श्रेष्ठले महिला तथा बालबालिका, चौलागाईंले वन, भण्डारीले श्रम र इङ्नामले भूमि मन्त्रालयको जिम्मेवारी पाएका छन्।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया