काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालको निर्देशनपछि प्रहरीले भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा उच्छृङ्खल गतिविधि आरोपमा पक्राउ परेकाहरूलाई ‘हाजिर जमानी’मा रिहा गर्न सर्कुलर जारी गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार आन्दोलनमा संलग्न भन्दै पक्राउ परिएकामध्ये अधिकांशलाई छोड्ने निर्णय गोप्य रूपमा मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको हो।
जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र सार्वजनिक सम्पत्ति क्षतिसहितका घटनामा संलग्न रहेको आरोपमा देशभरबाट ८७२ जना पक्राउ परेका थिए। स्रोतका भनाइअनुसार महाराजगञ्ज र कोटेश्वर क्षेत्रमा भएको प्रहरी हत्यासँग जोडिएका पक्राउ परेकाहरू भने यस निर्णयमा नपर्नेछन्।
गत मंसिर २४ गते सरकार र जेन–जी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौतामा आन्दोलनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाइने व्यवस्था गरिएको थियो। सोही मर्मअनुसार नै प्रहरीलाई सर्कुलर जारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया