काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्ने होइन भन्ने स्पष्ट पारेका छन्।

शनिबार पार्टीको ११औँ महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने क्षमता भएको पार्टी चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ।’

उनले देशमा अहिले चुनावको बहाना बनाएर अल्मल्याउने प्रयास भइरहेको उल्लेख गर्दै प्रतिनिधिसभा पुनर्स्थापना हुनु पर्नेमा जोड दिए।

अध्यक्ष ओलीले भने, ‘हाल चुनाव हुँदैछ भन्ने भ्रम फैलाउन खोजिएको छ, तर वास्तविकता के हो भने चुनावको कुरा मात्रै भइरहेको छ। देशलाई अल्मल्याउने प्रयास भइरहेको अवस्थामा हाम्रो अडान स्पष्ट छ—प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ।’

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com