काठमाडौं ।  वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै रु ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएका उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए । रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com