काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपाध्यक्ष पदका लागि भएको मतदानको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। पाँच उपाध्यक्ष पदका लागि १२ जना उम्मेदवार मैदानमा उत्रिएका छन्।
हालसम्मको गणनाअनुसार पृथ्वी सुब्बा गुरुङले ३५३ मतसहित अग्रता लिएका छन्। उनलाई नजिकबाट पछ्याउँदै विष्णु पौडेलले ३४९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रामबहादुर थापा ‘बादल’ रहेका छन्, जसले ३०९ मत ल्याएका छन्।
शीर्ष पाँचमा पर्ने अन्य दुई उम्मेदवारमा गोकर्ण विष्ट र रघुजी पन्त छन्। विष्टले २५६ मत ल्याउँदा पन्तले २५३ मत पाएका छन्। एकमात्र महिला उपाध्यक्ष उम्मेदवार विन्दा पाण्डेको पक्षमा १६९ मत परेको छ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया