काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी मतगणनाअनुसार अध्यक्ष र महासचिव दुवै पदमा केपी शर्मा ओली र शंकर पोखरेलले अग्रता बढाउँदै लगेका छन् ।
अहिलेको अवस्थामा ओलीले ४८९ मतसहित अग्रता बनाएका छन् । उता उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले १७७ मत ल्याएका छन् । ओली ३१२ मतले अगाडि देखिएका छन् ।
उता महासचिव पदमा शंकर पोखरेलले ३६४ मत ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ३०२ मत ल्याएका छन् ।
पछिल्लो ताजा अपडेट:
यहाँ पोखरेलले ६२ मतको अग्रता बनाएका छन् ।
अध्यक्ष र महासचिवको परिणाम
अध्यक्ष
केपी शर्मा ओली–४८९
ईश्वर पोखरेल–१९४
महासचिव
शंकर पोखरेल–३६४
सुरेन्द्र पाण्डे- ३०२
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया