काठमाडौं । युवा अभियन्ता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्ने उच्च अदालतको निर्णयलाई नयाँ पुस्ताको जीतको रूपमा स्वागत गरेका छन्।

बिहीबार उच्च अदालत बुटवलले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै ढकालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै प्रतिशोधको राजनीतिले लामो समय टिक्दैन भनी बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘आफैं कल्पना गर्नुस्, नयाँहरूको जित भएको छ। प्रतिशोधको राजनीति टिक्दैन। रविजीलाई खुला आकाशमा स्वागत छ। अब सबै मिलेर देश बनाउन हामी सबै हजुरहरूको घर आँगनमा आउँछौँ।’

रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले राखेका सर्तहरु के-के छन् ?

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत बुटवलले बिहीबार धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो। न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न अनुमति दिएको छ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, अदालतले लामिछानेसँग २ करोड ६८ लाख रुपैयाँ धरौटी माग गरेको छ। लामिछानेले बिगो रकम बुझाएर थुनाबाटै मुद्दा लड्न पाउने माग गर्दै निवेदन दिएका थिए। सुनुवाइपछि अदालतले उक्त धरौटी रकम बुझाएमा उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com