काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने पुनः पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जानकारी गराएको छ। पार्टीका उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि लामिछानेले तत्काल पार्टीको नेतृत्व सम्हाल्ने स्पष्ट पारेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति रवि लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा अवगत गराइन्छ।’

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बिहीबार लामिछानेलाई धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएपछि पार्टीले औपचारिक रूपमा यस्तो जानकारी सार्वजनिक गरेको हो।

सहकारी ठगी प्रकरणमा अभियोग लागेपछि लामिछाने ललितपुरस्थित नख्खु कारागारमा थिए। अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही जाँदैछन्।

यसअघि सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि लामिछानेको सांसद पद निलम्बनमा परेको थियो भने पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिइएको थियो।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com