काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन अझै बाँकी रहेको बताएका छन्।

शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले हाल आफू बोल्ने समय नआएको उल्लेख गरे। अन्यायको हिसाब मिलिसकेपछि मात्रै धेरै कुरा राख्ने उनको भनाइ थियो।

उल्लेखनीय छ, बिहीबार तुलसीपुर उच्च अदालतको बुटवल इजलासमा न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालतले साउन २६ गते दिएको आदेश बदर गरेको थियो। सो इजलासले बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com