काठमाडौं । सीमा क्षेत्रमा जारी विवादकाबीच थाइल्याण्ड र कम्बोडियाले युद्ध विरामका लागि पुनः वार्ता अघि बढाउने भएका छन् ।

थाइल्याण्डका परराष्ट्रमन्त्रीले दुवै देशबीच दीर्घकालीन र स्थायी युद्धविरामका लागि विस्तृत रुपमा द्विपक्षीय वार्ता गर्ने तयारी भएको बताएका हुन् ।

गत अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा दुई देशबीच केहि समयका लागि युद्धविराम सम्झौता भएपनि विवाद भने समाधान हुन सकेको छैन। कम्बोडियाले भने बिना सर्त युद्धविराम गर्न तयार भएको यसअघि नै बताइसकेको छ । सीमा क्षेत्रमा जारी तनावका कारण दर्जनौं व्यक्तिको मृत्युु भइसकेको छ भने कैयौं परिवार विस्थापित भएका छन्।

 

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com