काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले विघटित प्रतिनिधिसभा पुनर्स्थापना नहुने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत जारी आफ्नो वक्तव्यमा उनले पछिल्लो संसद् पूर्णतया वैधता गुमाइसकेको बताएका छन्।

डा. वाग्लेले लेखेका छन्, ‘२३ भदौको नरसंहारका लागि जिम्मेवार एमाले–कांग्रेस सरकार र ती दलको बर्चस्व रहेको विघटित संसदको वैधता अब पूर्णतया सकिएको छ। त्यसैले त्यसको पुनर्स्थापना हुँदैन।’

उनी आगामी २१ फागुनको आम निर्वाचनबाट स्थिर संघीय सरकारको निर्माण हुनेमा विश्वस्त छन्। उनका अनुसार, ‘२१ फागुनको निर्वाचनबाट आउने नयाँ जनादेशले आगामी पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउनेछ, र त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ।’

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com