काठमाडौं । ‘ग्रिन कार्ड’ लिएर अमेरिका पुगेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले एक वर्ष अघि नै अमेरिकामा कम्पनी खोलेको भेटिएको छ ।
उनीहरूले अमेरिका जानुभन्दा एक वर्ष अघि सन् २०२४ डिसेम्बर १२ मा नै अमेरिकाको फ्लोरिडा राज्यमा अन्य दुई जना व्यक्तिहरू केदार आचार्य र तेज कार्कीसँग मिलेर सुभिना एलएलसी नामक कम्पनी खोलेको भेटिएको हो ।
फ्लोरिडा राज्यको कम्पनी हेर्ने सरकारी कार्यालयको वेबसाइटमा केदार आचार्य, कुञ्जना घिमिरे र तेज कार्कीको नाममा सुभिना एलएलसी नामको कम्पनी खोलेको कागजात देखिएको छ । तर, प्राप्त कागजातमा कम्पनी के कस्तो भन्ने विषयमा भने खुलाइएको छैन ।
सुटुक्क अमेरिका लागेका कलाकार धुर्मुस अमेरिका पुगिसकेपछि डिसेम्बर १२ मा बकपत्र भन्दै सामाजिक सञ्जालमार्फत आफू अमेरिका आउनुको कारण सार्वजनिक गरेका थिए । सो बकपत्रमा उनले आफूहरू छोरीको उपचारको निम्ति अमेरिकामा आएको उल्लेख गरेका थिए ।
तर, कुन्जना घिमिरेको नाममा अमेरिकामा कम्पनी रहेको खुलेको छ। नेपालीले ग्रिन कार्ड प्राप्त गर्न अमेरिकामा करिब १६ करोड नेपाली रुपैयाँ बराबरको लगानी गर्नुपर्ने अमेरिकाको प्रावधान छ । हाल सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे ‘सुन्तली’ले ग्रीन कार्ड लिएर अमेरिकामा बस्दै आएका छन्।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया