काठमाडौं । रवि लामिछाने सभापति र चुनावपछिको प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह हुने गरी वैकल्पिक शक्तिको एकताको प्रस्ताव उज्यालो नेपाल पार्टीले अस्वीकार गरेलगत्तै संरक्षक कुलमान घिसिङ बालुवाटार पुगेका छन्।

त्यहाँको एक घरमा कुलमान र मेयर बालेनबीच भेटवार्ता जारी छ। उनीहरूबीच शनिबार बिहान पनि छलफल भएको थियो। तर कुलमानले बालेन र रवि लामिछानेबीच अघि बढिरहेको प्रस्ताव अस्वीकार गरेपछि फेरि वार्ता सुरु गरिएको हो।

शक्ति बाँडफाँडको विषयमा सहमति नजुटेको कारण रवि–बालेनबीचको वार्ता पनि निष्कर्षमा पुग्न सकेको छैन। बालेन पक्षले रास्वपा र उज्यालो नेपाल पार्टीलाई समेटेर ५०–५० प्रतिशत हिस्सामा सहमति गर्न खोजेको थियो।

तर रास्वपा सभापति रवि लामिछाने यसमा तयार देखिएका छैनन्। शनिबार अपराह्न कुलमान घिसिङले पनि रवि–बालेनबीचको गृहकार्य अस्वीकार गर्ने निर्णय गरेका छन्।

बालेनको टिमलाई पार्टीमा भित्र्याउने सम्भावना बढेपछि लामिछाने कारागारमा रहँदा रास्वपा नेताहरूले कुलमानसँग दूरी बढाएका थिए। अहिले रास्वपा पक्षले केवल बालेनको टिम र जेन–जीलाई मात्रै पार्टीमा समेट्ने प्रस्ताव अघि सारेको छ।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com