काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच आगामी निर्वाचनमा एक भएर जाने सहमति भएको छ।

सोमबार राति सम्पन्न वार्तामा तीन पक्षबिच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यी शक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिनेछन्।

सहमति पत्रमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने काठमाडौं महानगरका मेयर बालेन शाहले साक्षीका रूपमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार पार्टी एकीकरणपश्चात् रवि लामिछाने नै केन्द्रीय सभापति रहनेछन्। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपाको उपसभापति बन्नेछन्। घिसिङसँगै डीपी अर्याल र स्वर्णिम वाग्ले पनि उपसभापति रहने सहमति भएको छ।

तीन पक्षले २०८२ साल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मर्मलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com