काठमाडौं । उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएपछि अभिनेत्री तथा लोकप्रिय होस्ट रिमा विश्वकर्मालाई रास्वपाले प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समेटेको छ।

सोमबार राति निर्वाचन आयोगमा दर्ता गरिएको सूचीअनुसार रिमा विश्वकर्मालाई महिला दलित क्लस्टरमा राखिएको छ भने आशिफलाई मुस्लिम पुरुष क्लस्टरमा सूचीबद्ध गरिएको छ।

यसअघि रिमा उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य थिइन्, जसलाई कुलमान घिसिङ नेतृत्वको पार्टीबाट राजनीतिमा अनुभव प्राप्त छ। रास्वपाको ब्यानरमा संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेका रिमा दलित महिलातर्फ समानुपातिक सूचीमा पहिलो नम्बरमा छन्।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com