काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेका खगेन्द्र कर्ण अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार बनेका छन्। रास्वपाले निर्वाचन आयोगमा पेश गरेको ११० जनाको सूचीअनुसार कर्ण मधेसी क्लस्टरका पुरुषतर्फ दोस्रो स्थानमा रहेका छन्। उनी काठमाडौंका मेयर बालेन शाह पक्षबाट उम्मेदवार बनेका हुन्।

इञ्जिनियर पेशाका कर्णले कांग्रेसको भ्रातृ संस्था नेविसंघको ११औँ महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारको रूपमा भाग लिएका थिए। तर, कांग्रेसभित्र युवाको उचित मूल्यांकन नहुने देखेर उनले पार्टी छाडेको बताए। उनले अनलाइनखबरसँग भने, ‘युवाको मूल्यांकन कांग्रेसमा हुँदैन। पैसावाला बोलवाला हुन्छन्। कांग्रेसमा नबस्ने निर्णय गरेर मैले फरक बाटो रोजें।’

कर्ण सप्तरी–१ क्षेत्रका हुन् र अब रास्वपाको ब्यानरमा संसदीय राजनीतिमा प्रवेश गर्न तयारीमा रहेका छन्।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com