काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको समानुपातिक बन्दसूचीमा मोरङ र चितवन जिल्लाबाट अत्यधिक उम्मेदवार परेको भन्ने चर्चाको खण्डन गरेका छन्।

बुधबार पोखरामा सञ्चारकर्मीले मोरङ र चितवनमै यति धेरै समानुपातिक उम्मेदवार किन भए ? भनी सोधेको प्रश्नको जवाफ दिँदै लामिछानेले बाहिर हल्ला भएजस्तो ठुलो संख्या ती जिल्लाबाट नरहेको दाबी गरेका हुन्।

सभापति लामिछानेले सञ्चार माध्यममा आएका समाचार र वास्तविकता फरक रहेको दाबी गरे। उनले भने, ‘तपाईंले समाचार पढ्नुभयो, तर २१ जना छैनन्। मैले चेक गरेँ, त्यस्तो छैन। त्यहाँबाट ४ देखि ६ जना साथीहरू मात्र हुनुहुन्छ।’

लामिछानेले ११० जनाको सूचीमा ८-१० जना चर्चित र चिनिएका अनुहार देखिँदा सबै त्यस्तै हुन् र निश्चित क्षेत्रका हुन् भन्ने भ्रम परेको बताए।

‘११० जनामा १० जना जति चर्चित अनुहार देखियो होला। तर तपाईंहरूले जुम्लाको साथीको चर्चा गर्नुभएन, किनकि उहाँलाई चिन्नुहुन्न,’ लामिछानेले भने, ‘हाम्रो सूचीमा मधेश, हिमाल, पहाड र पिछडिएका सबै क्षेत्रको प्रतिनिधित्व छ। तर ध्यान चाहिँ चर्चित मान्छेतिर मात्र गयो, जसले गर्दा धेरै उम्मेदवार एकै ठाउँका हुन् कि भन्ने भान पर्न गयो।’

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com