काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल चोकबाट नेपाली एक हजार रुपैयाँ मूल्यका ७६ थान नक्कली नोटसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पा समेत ६ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई गएराति नक्कली नोटसहित पक्राउ गरेको हो। प्रहरीले घटनास्थलबाट बरामद गरेको नक्कली नोटसहित आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ।

advertisement

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com