सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोइला बालेर सुत्दा निसास्सिएर ३८ दिनकी शिशुको मृत्यु भएको छ भने एकै परिवारका तीन जना बेहोस भएका छन्।

‎‎मृत्यु‌ हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्ने तारा बुढाकी ३८ दिनकी शिशु प्रतीक्षा बुढा रहेकी छन् ।

advertisement

घटना वीरेन्द्रनगर नगरपालिका–१२, बिरुवाबारीस्थित घरमा भएको हो। करिब ३२ वर्षीया तारा बुढा, उनकी १३ वर्षीया छोरी संगम बुढा र १० वर्षीय छोरा प्रकाश बुढा कोठामा कोइला बालेर सुतेका थिए।

आज बिहान ९:४५ बजेसम्म उनीहरू नउठेपछि घरबेटीले बोलाउन गएको थियो। ढोका खोल्दा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परे भने १० वर्षीय छोरा प्रकाश सामान्य अवस्थामा रहेको पाइयो।

बेहोस भएका दुई जनालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। अस्पतालमा तारा बुढाका श्रीमान् गोपी बुढाको उपस्थितिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादले जानकारी दिएका छन्।

प्रहरी टोली घटनास्थल पुगेको र मुचुल्का तयार पारिसकेको छ। मृत शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रहरीले चिसोबाट बच्न झ्याल–ढोका बन्द गरेर कोइला वा ब्रिकेट बाल्दा अक्सिजनको कमीले यस्तो दुर्घटना हुन सक्ने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह समेत गरेको छ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com