काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वीर अस्पतालमा अनशनरत डा. कमल (निकोलस) भुसालसँग भेटवार्ता गरेका छन्।

बुधबार राति अस्पताल पुगेका गृहमन्त्री अर्यालले डा. भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अनशन अन्त्य गर्न आग्रह गरेका हुन्। विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बैठक सकेर काठमाडौँ फर्किएलगत्तै उनी सिधै वीर अस्पताल पुगेका थिए।

advertisement

भेटका क्रममा गृहमन्त्री अर्यालले डा. भुसालले उठाएका जायज मागहरू सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारे। उनले मागहरू समाधान हुने विश्वास दिलाउँदै डा. भुसाललाई तत्काल अनशन तोड्न आग्रह गरेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com