ठगी आरोपमा पक्राउ:

ठगी आरोपमा नुवाकोटका रामशरण अधिकारी पक्राउ

सापटी रकम लिने र उक्त रकम अन्य व्यक्तिहरूलाई लाखको महिनाको १० हजारभन्दा बढी व्याजदरमा मिटरब्याजमा लगाउने गरेको उनि निकट स्रोतले जनाएको छ।



काठमाडौं । ठगी आरोपमा नुवाकोटका रामशरण अधिकारी पक्राउ परेका छन्। पञ्चकन्या गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौंको मनमैजु बस्दै आएका ४६ वर्षीय अधिकारीलाई सुन्तली फुयाँल थापा र ज्ञानु थापाको जाहेरीका आधारमा काठमाडौंको धर्मस्थली क्षेत्रबाट १५ गते बिहान प्रहरीले पक्राउ गरेको हो।

अधिकारीले आफ्ना नजिकका आफन्तहरूबाट चेकको भरमा सापटी रकम लिने र उक्त रकम अन्य व्यक्तिहरूलाई लाखको महिनाको १० हजारभन्दा बढी व्याजदरमा मिटरब्याजमा लगाउने गरेको उनि निकट स्रोतले जनाएको छ। उनले ब्यापारीहरुलाई एक दिनको एक लाखको एक हजार रुपैयाँ सम्म मिटर व्याजमा लगाउने गरेको स्रोतको दावी छ।

advertisement

अधिकारी आर.एस.ए कन्स्ट्रक्सनका सञ्चालकसमेत हुन्। उनले निर्माण व्यवसायको नाममा विभिन्न व्यक्तिसँग हरहिसाब नमिलाई भाग्ने, गाडीको भाडा तथा मजदुरहरूको ज्याला नदिने गरेको गम्भीर आरोप समेत उनीमाथि लागेको छ।

ज्याला नपाएको भन्दै मजदुरहरूले पञ्चकन्या गाउँपालिकामा उनि विरुद्ध उजुरी दिएको भए पनि उक्त उजुरी हालसम्म गाउँपालिकाको न्यायिक समितिमै थन्किएको स्रोतको भनाइ छ।

पीडितहरूका अनुसार, अधिकारीले आफू कन्स्ट्रक्सनसम्बन्धी मुद्दाका कारण ब्ल्याकलिस्टमा परेको भन्दै बैंकिङ प्रणाली प्रयोग गर्न नसक्ने बहाना बनाउँदै नगद सापटी लिने गरेका थिए। यस कारण धेरै पीडितसँग लेनदेनको लिखित प्रमाणसमेत नरहेको बताइएको छ।

विभिन्न बहाना बनाएर धेरै व्यक्तिलाई ठगेको, बैंकिङ प्रणालीबाट रकम नलिई नगद कारोबारमा जोड दिएको र योजनाबद्ध रूपमा प्रमाण नछोड्ने शैली अपनाएको भन्दै अधिकारीको गतिविधि संगठित आर्थिक अपराधतर्फ उन्मुख देखिएको छ।

प्रहरी प्रशासन र न्यायलयमा आफ्नो पहुँच र पावर रहेको भन्दै पैसाको आडमा चार दिन मा छुट्ने र लाख खर्च गरेर आफुले तिर्नु पर्ने करोडौं रकम आफुले तिर्न नपर्ने भन्दै धम्की दिने गरेको पीडितहरुले गुनासो गरेका छन्। उनले करोडौं रकम ठगी गरेको पाइएको छ।

प्रहरीले अधिकारीमाथि ठगी, मिटरब्याज तथा अन्य आर्थिक अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। उनले सापटी रकम मिटर ब्याजमा लगाउने गरेको स्रोतले जनाएको छ।

 

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com