सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निसासिएर एकजनाको मृत्यु भएको । निसासिएर अन्य दुईजना बेहोस अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बस्ने ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षाको निसासिएर बिहीबार मृत्यु भएको हो । कोठामा कोइला बाली सुतेको अवस्थामा निसासिएर बालिकाको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक यादवका अनुसार आमा तारा र उनकी भदैनी १३ वर्षीया सङ्गम बुढाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया