काठमाडौ । उज्यालो नेपाल पार्टीको संरक्षकको हैसियतबाट रास्वपाको तेस्रो वरियतामा खुम्चिएका कुलमान घिसिङको पुरानो पार्टीभित्र व्यापक असन्तुष्टि देखिएको छ।

पार्टीका पूर्वप्रमुख अनुपकुमार उपाध्यायले शुक्रबार १ सय १० जना उम्मेदवारको बन्दसूची बोकेर निर्वाचन आयोगको ढोका ढक्ढक्याउन पुगे। रास्वपाभन्दा बाहिरै उज्यालो नेपाल पार्टीका तर्फबाट नयाँ सूची दर्ता गर्ने उनको प्रयास सफल भने हुन सकेन।

आयोग स्रोतका अनुसार अनुप अर्का एक साथीका साथ लागेर शुक्रबार अपराह्न तीन बजेतिर निर्वाचन आयोगको कार्यालय पुगेका थिए।

समानुपातिकको बन्दसूची पेश गर्ने समयसीमा पार भइसकेको भन्दै आयोगले उनीहरूलाई निराश फर्काइदिएको छ। उनीहरूले आयोगमा समानुपातिक सूची बुझाउन जम्मा गर्नुपर्ने ५० हजार रुपैयाँ पनि बुझाइसकेको भन्दै आयोग अधिकारीहरूलाई मनाउने प्रयास गरेका थिए।

अनुपको नाम रास्वपाको समानुपातिक सूचीमा छ। रास्वपा सभापति रवि लामिछानेसँग पुस १४ गते सात बुँदे सहमति गर्दा उनकै हस्ताक्षर छ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com