काठमाडौं । जेनजी अभियानका अगुवा सुनिल सिंहले आफ्ना मागहरू उपेक्षा गरेर अघि बढाइने कुनै पनि निर्वाचन स्वीकार्य नहुने चेतावनी दिएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी शक्तिको प्रभावमा गरिने गतिविधि अस्वीकार्य हुने स्पष्ट पारे।

सिंहले सरकारमाथि जेनजी आन्दोलनका मुख्य मागहरू बेवास्ता गर्दै बाह्य दबाबमा चुनावको तयारी तीव्र बनाएको आरोप लगाए। उनका अनुसार वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट समाधान नगरी गरिने निर्वाचनले देशलाई थप अस्थिरताको दिशामा धकेल्ने खतरा छ।

आन्दोलनरत पक्षले समयमै आफ्ना माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै अन्यथा आन्दोलनलाई अझ सशक्त बनाउने संकेतसमेत दिएको छ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com