काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पार्टीको विधान अनुसार महाधिवेशन गर्ने अधिकार केवल केन्द्रीय कार्य समितिलाई मात्र रहेको बताएका छन्। उनले भने, विशेष वा नियमित महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रीय कार्य समितिकै हुन्छ।

गुरुङले केन्द्रीय कार्य समिति बाहेक कुनै पनि समिति, पदाधिकारी, सदस्य वा व्यक्तिलाई महाधिवेशन गर्ने अधिकार नभएको बताए। साथै, केन्द्रीय कार्य सम्पादन समितिले गरेका महाधिवेशन सम्बन्धी निर्णय पनि केन्द्रीय कार्य समितिबाट अनुमोदन हुनुपर्छ भन्ने पार्टीको कानूनी व्यवस्था भएको उनले स्मरण गराए।

उनको भनाइ अनुसार, अनुमोदन वा निर्णय नभएसम्म महाधिवेशन सम्बन्धी निर्णय वैध रूपमा लागू हुँदैन।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–
“२०८२ मंसिर १५ गते केन्द्रीय कार्य समितिले पार्टीको १५औँ महाधिवेशन २०८२ पुष २६–२८ गते गर्ने निर्णय गरेको क्षणमा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको थियो। पछि पुसमा महाधिवेशन गर्न नसकिने भएकाले मिति परिवर्तन गरी २०८३ वैशाख २८–३१ गते तय गरिएको थियो। मुलुकमा चुनाव भइसकेको हुँदा सामाजिक सञ्जालमा चलिरहेको विशेष महाधिवेशनको चर्चा कुनै औचित्य राख्दैन।”

गुरुङले जोड दिएका छन् कि पार्टीको वैधानिक समितिले वैधानिक प्रक्रियाअनुसार मात्र निर्णय गर्न सक्ने र त्यसबाहेकको कुनै प्रक्रिया वैध मानिने छैन। त्यसैले सामाजिक सञ्जालमा चर्चा भइरहेको विशेष महाधिवेशन पार्टीको विधान अनुसार वैध छैन र हुन पनि सक्दैन।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com