काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। दिउँसो १ बजे पार्टी कार्यालयमा यो सम्मेलन आयोजना गरिनेछ।

पत्रकार सम्मेलनमा शेखर कोइरालासहितका शीर्ष नेता पनि सहभागी हुने जनाइएको छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले विशेष महाधिवेशन आह्वान गरेपछि उत्पन्न विवाद मिलाउन बिहीबार नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए।

यस्तै, बिहीबारै कांग्रेसको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको र त्यसपछि अन्य गतिविधि नगर्न निर्देशन दिएको थियो। निर्वाचनपछि हुने नियमित महाधिवेशनमा सबै सुधारका एजेन्डा खुला छलफलमा राखिने निष्कर्षमा पार्टी पुगेको छ। हतारमा गरिने कुनै कामले पार्टी एकतालाई क्षति पुर्‍याउन सक्ने चेतावनी पनि दिइएको थियो।

 

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com