काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएका बेला पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन तत्काल स्थगन गर्न आग्रह गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई सार्वजनिक र स्पष्ट पार्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ।

इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा हुने पत्रकार सम्मेलनमार्फत् कार्यवाहक सभापति खड्काले पार्टी एकता र संस्थागत हितलाई ध्यानमा राख्दै विशेष महाधिवेशन रोक्न पुनः आग्रह गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com