काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेपछिका १२ दिन आफ्नो पार्टी र समर्थकहरूका लागि अत्यन्तै पीडादायी रहेको बताएका छन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले उक्त अवधिमा आफूहरूलाई स्पष्ट निर्णय नदिई केवल ‘इन्गेज’ गरेर राखिएको आरोप लगाए।

advertisement

‘वास्तवमा त्यो १२ दिन हामीलाई धेरै पीडादायी भयो,’ उनले भने, ‘उज्यालो नेपालका समर्थकहरूले ठूलो मानसिक पीडा भोग्नुपर्‍यो।’
उनका अनुसार उक्त समयमा रास्वपाले विभिन्न स्थानमा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै उज्यालो नेपाल पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गर्न आह्वान गर्‍यो।
‘यस प्रक्रियामा हामीलाई निरन्तर इन्गेज राखियो। धेरै छलफल र कुराकानी भए, तर स्पष्ट निर्णय आएन,’ घिसिङले बताए।

व्यक्तिगत रूपमा पनि उक्त १२ दिन आफूका लागि निकै अप्ठ्यारो समय भएको उनले स्वीकार गरे।
‘अगाडि बढौँ भने अगाडि बढ्न नसकिने, पछाडि फर्कौँ भने फर्कन नदिने अवस्था थियो,’ घिसिङले भने, ‘यो समय मेरो लागि निकै अलमलपूर्ण रह्यो।’

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com