काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले अब राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा आफ्नो नाम समावेश गर्ने तयारी गरेको छ। उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार, जेनजी प्रदर्शनको क्रममा एक खुट्टा गुमाएका राजेश पोर्तेल अध्यक्ष रहेको राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा उज्यालो नेपालका प्रतिनिधिहरूको नाम राख्ने विषयमा छलफल भइरहेको छ।

उज्यालो नेपालका २१ जनाको नाम समानुपातिक बन्द सूचीमा समावेश गर्ने तयारी भइरहेको उनले बताए। लामा भन्छन्, ‘राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा उज्यालो नेपालका २१ जनाको नाम राख्ने र पछि पार्टी एकता गर्ने विषयमा छलफल अघि बढिरहेको छ। आजै यस विषयमा अन्तिम टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।’

यसअघि रास्वपाले उज्यालो नेपालबाट समानुपातिक सूचीमा परेको अधिकांशको नाम हटाएको थियो र आइतबार नै अद्यावधिक गरेको थियो। रास्वपाले नाम हटाएसँगै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका १७ जनाको नामसहित राष्ट्रिय परिवर्तन पार्टीले आजै समानुपातिक सूची अद्यावधिक गर्ने तयारी गरेको बुझिएको छ।

केन्द्रीय सदस्य लामा अनुसार, राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गर्ने योजनाअनुसार साङ्गठनिक संरचना र जिम्मेवारीसम्बन्धी सबै विषयमा छलफल गरेर आजै टुङ्गो लगाउने तयारी भइरहेको छ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com