काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३ रानीबारीबाट अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सप्तरीका ३३ वर्षीय सुन्दर मुखिया, सप्तरीकै ३३ वर्षीय सुरेशकुमार ठाकुर र भारत घर भई हाल काठमाडौँ कलङ्की बस्ने २५ वर्षीय पिण्डुकुमार जादवलाई पक्रउ गरी सार्वजनिक केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।

advertisement

उनले भने, “प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले निजहरूको साथबाट चार ग्राम ३३० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरादम गरेको छ ।” पछिल्लो समय काठमाडौँमा अवैध लागुऔषधको कारोबार तथा सेवनकर्ता बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको उनले बताए ।

  • रासस

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com