काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शनले समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने तयारी गरेकी छन्। बन्दसूचीमा आफ्नो नाम पछाडि सारिएको भन्दै उनी असन्तुष्ट बनेकी हुन्।

स्रोतका अनुसार दर्शनले वारेसमार्फत निर्वाचन आयोगमा नाम फिर्ताका लागि निवेदन पठाइसकेकी छन्। यस विषयमा उनी पार्टीका शीर्ष नेताहरूसँग पनि निरन्तर छलफलमा रहेको बताइएको छ।

उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि रास्वपाले समानुपातिक बन्दसूची अद्यावधिक गरेको थियो। त्यसपछि सूचीमा केही नामहरूको क्रम तलमाथि भएको हो।

निर्वाचन आयोगका अनुसार दर्शनले पठाएको निवेदन अहिलेसम्म औपचारिक रूपमा दर्ता भने भइसकेको छैन।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com