काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय (सीडीओ), काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक पुरुषको जलेको शव फेला परेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, निर्माणाधीन भवनमा ठेकेदार विवादका कारण निर्माण रोकिएको थियो। प्रहरीको प्रारम्भिक अनुमान अनुसार शव केही दिनअघिको हुन सक्ने बताइएको छ।

अहिलेसम्म मृतकको पहिचान हुन सकेको छैन। अनुसन्धान अनुसार, ती व्यक्ति केही दिनदेखि सोही भवनमा बस्दै आएको र सडकमा प्लास्टिक बटुलेर हिँड्ने व्यक्ति भएको देखिएको छ। साथै घटनास्थलको निरीक्षणबाट उनी खाना पकाएर खाने गर्थे भन्ने तथ्य पनि पुष्टि भएको छ।

जिल्ला प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com