काठमाडौं । आगामी प्रतिनिधि सभाको मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवार बन्दसूचीमा १६४ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। एउटै दलका ७८ जनासम्मले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार, नाम फिर्ता लिएकाहरूको स्थानमा नयाँ उम्मेदवारको नाम पठाउन सम्बन्धित दलहरूलाई निर्देशन दिइएको छ।

सबैभन्दा धेरै उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जना फिर्ता लिएका छन् भने जनता समाजवादी पार्टी नेपालका २१ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। यी दुई दलको एकताको कारण फिर्ता लिएको ठूलो संख्याका उम्मेदवार जसपा पार्टीमा समाहित भएका छन्।

अन्य दलका उम्मेदवारले पनि आफ्नो नाम फिर्ता लिएका छन्, जसमा जनमत पार्टी– २०, राष्ट्रिय प्रजातन्त्र पार्टी– १२, जनादेश पार्टी नेपाल– ६, नेकपा एमाले– ५, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)– ४, राष्ट्र निर्माण दल नेपाल– ४, उन्नत लोकतान्त्रिक पार्टी– २, नेपाली कम्युनिस्ट पार्टी– २, नेपाली कांग्रेस– २, राष्ट्रिय स्वतन्त्र पार्टी– २, गतिशील लोकतान्त्रिक पार्टी– १, नागरिक उन्मुक्ति पार्टी– १, नेपाल जनता पार्टी– १, प्रगतिशील लोकतान्त्रिक पार्टी– १, संघीय लोकतान्त्रिक पार्टी– १, र संयुक्त नागरिक पार्टी– १ जना रहेका छन्।

निर्वाचन आयोगले नयाँ उम्मेदवार नामहरू समावेश गरी माघ ४ गते बन्दसूची प्रकाशित गर्नेछ। उक्त सूचीमा दाबी–विरोधको समय माघ ५ देखि माघ १० सम्म रहनेछ भने समानुपातिक उम्मेदवारको अन्तिम सूची माघ २० मा सार्वजनिक गरिनेछ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com