काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र समझदारीका प्रयास जारी रहेको बताएका छन्। विशेष महाधिवेशन पक्षबाट संवाद टोली सदस्य रहेका उनले अहिलेसम्म पूर्ण समझदारी नबनेको तर प्रयास लगातार जारी रहेको उल्लेख गरे।

पौडेलले भने, “हामी विधानको सर्वोच्चता कायम राख्न र पार्टीलाई एकताबद्ध बनाउन आफ्नो तर्फबाट प्रयासरत छौं। अर्को पक्षले छलफलमा बस्ने समय निश्चित भइसकेको छैन।”

उनी वार्तासँगै निर्वाचन प्रक्रिया पनि निरन्तर चल्ने बताउँछन्। उनले थपे, “नीति र नेतृत्व दुवैमा परिवर्तन आवश्यक छ, र अहिले नै त्यो हुनुपर्छ।”

निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार मनोनयन दर्ताका लागि समय थप गरिएको छ। नयाँ समय अनुसार बिहान सवा ८ बजेबाट सवा ९ बजे सम्म मनोनयन दर्ता खुला रहनेछ।

यसबिच, सभापति शेरबहादुर देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बुधबार बिहानै भेट्ने तयारी गरेका छन्। देउवा निकट एक नेताका अनुसार, उनीहरूलाई सहमति खोज्ने प्रयासको लागि बिहान ८ बजे भेटका लागि बोलाइएको हो। तर, केन्द्रीय समिति बैठक अहिलेसम्म सुरु भएको छैन।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com