काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार घटेर तोलामा ५ हजार ४८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित मिति: १ माघ २०८२, बिहिबार













प्रतिक्रिया