काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विभाजन नभएको स्पष्ट पारेका छन्। उनले महाधिवेशनमार्फत पार्टीको नेतृत्व मात्रै परिवर्तन भएको दाबी गरेका हुन्।

विशेष महाधिवेशनपछि नवनिर्वाचित नेतृत्वको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेको जानकारी दिँदै शर्माले नीति र नेतृत्व दुवै परिवर्तन भइसकेको अवस्था रहेको बताए।
उनले भने, “विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरिसकेको छ। हामीले आज निर्वाचन आयोगलाई लिखित र मौखिक रूपमा सबै जानकारी गराएका छौँ।

शर्माले पार्टीले विधिसम्मत रूपमा महाधिवेशन सम्पन्न गरी नेतृत्व परिवर्तन गरेको अवस्थामा आधिकारिकतामाथि प्रश्न उठ्ने कुनै आधार नरहेको पनि जिकिर गरे।

यसैबीच, सभापति गगन थापाले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आवश्यक फाइल निर्वाचन आयोगमा हस्तान्तरण गर्दै छिटो निरूपण गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com