काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको पार्टीले निर्वाचन आयोगले पार्टीलाई मान्यता नदिए देशभर व्यापक आन्दोलन गर्ने चेतावनी दिएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो चेतावनी दिएका हुन्।

उनले भने, ‘हामीलाई लाग्दैन निर्वाचन आयोग गलत बाटोमा जानेछ, तर आशंका केही छ। यदि आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने पार्टी देशभर आन्दोलनका लागि तयार छ। गाउँ–गाउँ, वडावडामा चारतारे झण्डा लिएर हाम्रो आन्दोलन हुनेछ।’

खड्काले थपे, ‘त्यस्तो अवस्थामा पार्टीको आह्वानमा देशभरका कार्यकर्ता र पार्टीका सबै संघ–संस्थाहरू आन्दोलनमा सक्रिय रूपमा सहभागी हुनेछन्।’

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com