काठमाडौं । नेपाली कांग्रेसको विवाद मिलाउन ५२ करोड रुपैयाँको लेनदेन गरेको आरोप लगाइएपछि निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म तथा संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि कारबाही अघि बढाउन साइबर ब्युरोलाई पत्राचार गरेको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन अधिकारीले आइतबार जानकारी दिनुहुँदै भने, ‘आयोगले निर्णय गरी अनुसन्धान अघि बढाउन साइबर ब्युरोलाई पत्राचार गरेको छ। सामाजिक सञ्जालमा प्रसाईंको भिडियो सार्वजनिक भएको छ, त्यसको अनुसन्धान गरिदिन अनुरोध गरिएको हो।’

गत शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले आधिकारिकता दिएको निर्णयप्रति प्रसाईंले एक सामाजिक कार्यक्रममा पैसा लिएर निर्णय गराएको आरोप लगाउँदै भिडिओमार्फत् सार्वजनिक गरेका थिए।

आयोगको पत्राचारसँगै दुर्गा प्रसाईंविरुद्ध अनुसन्धानको प्रक्रिया सुरु हुने जनाइएको छ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com