काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलि (६ गते) पदबाट राजीनामा दिने निश्चित भएको छ। राजीनामापछि उनले चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नेछिन्। दाहालको सचिवालयका अनुसार भोलि बस्ने महानगर कार्यपालिकाको बैठकमार्फत उनले औपचारिक रूपमा राजीनामा बुझाउने कार्यक्रम तय भएको छ।
महानगर प्रमुखको जिम्मेवारीबाट बाहिरिनुअघि दाहालले आज भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्। सो अवसरमा उनी भावुक बनेकी थिइन्। जनप्रतिनिधि, महानगरका कर्मचारी तथा सञ्चारकर्मीको उपस्थितिमा उपप्रमुख चित्रसेन अधिकारीले मन्तव्य दिइरहँदा दाहाल भावुक हुँदै आँसु झार्न पुगेकी थिइन्।
पत्रकार सम्मेलनमा दाहालले आफ्नो कार्यकालमा भरतपुर महानगरको समग्र विकास, पूर्वाधार विस्तार, सेवा प्रवाह सुधार र सुशासनका लागि निरन्तर प्रयास गरेको उल्लेख गरिन्। स्थानीय तहमा प्राप्त अनुभव र जनताको विश्वासलाई लिएर अब संघीय राजनीतिमा नयाँ जिम्मेवारी सम्हाल्न अग्रसर भएको उनको भनाइ थियो।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार













प्रतिक्रिया