काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याउन थालेको छ । सभापति गगन थापाले धमाधम उम्मेदवार टुङ्गो लगाउन थालेका हुन् ।
कांग्रेसले प्यूठानबाट डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ । अर्थविद् समेत रहेका पोखरेल योजना आयोगको पूर्वउपाध्यक्ष हुन् । उनी नेता शेखर कोइराला निकट मानिन्छन् ।
यस्तै, सल्यानमा जिल्ला सभापति केशबहादुर विष्टलाई उम्मेदवार बनाएको छ । सहमतिमा उम्मेदवार टुङ्गाउन सभापति थापाले देउवा पक्षसँग पनि संवाद गरिरहेका छन् ।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार













प्रतिक्रिया