काठमाडौं । प्राइम टेलिभिजनका चर्चित पत्रकार ऋषि धमलाले आफू चुनावी राजनीतिमा होमिन लागेकाले कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ अब नचलाउने घोषणा गरेका छन्।
सोमबार राति प्रसारित कार्यक्रममा बोल्दै धमलाले उक्त कार्यक्रम आफ्ना सहकर्मी पत्रकार ऋषि थपलियालाई जिम्मेवारी हस्तान्तरण गर्न लागेको जानकारी दिए।
उनले कार्यक्रमको निरन्तरता, गुणस्तर र लोकप्रियताका लागि थपलियालाई पूर्ण समर्थन रहने स्पष्ट पारे।
“आज म भन्न चाहन्छु, ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम भोलिदेखि हाम्रै सहकर्मी मित्र ऋषि थपलियाले सञ्चालन गर्नुहुनेछ। म यो कार्यक्रममा आफ्नो धारणा राख्नेछु, उहाँलाई समर्थन र सहयोग गर्नेछु। कार्यक्रमलाई नम्बर वान बनाउने अभियानमा जहिले पनि साथ दिनेछु,” धमलाले भने।
यसैबीच, धमलाले आगामी निर्वाचनमा रौतहटबाट उम्मेदवार बन्ने घोषणा पनि गरेका छन्। यद्यपि, उनले कुन निर्वाचन क्षेत्रबाट र कुन राजनीतिक दलको तर्फबाट चुनाव लड्ने भन्ने विषयमा भने खुलाएका छैनन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया